site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सका राजदूतसँगको भेटमा बालेनले भने– अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा विकास गर्छौं
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन्द्र) र फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट भएको छ । प्रमुखको कार्यकक्षमा भएको भेटमा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय थिए । 

“हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ,” मेयर बालेनले भने, “विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरेका थिए ।  

त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफूहरू इच्छुक रहेको बताए । “फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ,” राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भने, "काठमाडौंको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केबल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ । मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।”

Royal Enfield Island Ad

कुराकानीपछि राजदूत बुर्वाओले मेयर शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro