site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुनासो लिएर महानगर पुगेकी मनमायाले बालेनलाई भेट्न नपाएपछि...
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ महादेवस्थानकी ५३ वर्षीया मनमाया कार्की बुधबार (आज) बिहान ९ बजे महानगरको कार्यालयमा पुगिन् । मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न नाम टिपाइन् । उनी टोलको खानेपानी, विद्युत र सडकको समस्या लिएर गएकी थिइन् । मध्याह्न साढे १२ बजेसम्म बाहिरै कुरिन् । 

तर, बालेन मनमायालाई नभेटेरै कार्यकक्षबाट निस्किए । उनी महानगरका कर्मचारीसँग आक्रोशित भइन । त्यसपछि उनी काठमाडौं मेयरको सचिवालयतर्फ लागिन् ।

बालेनका स्वकीय सचिव भुपदेव शाहलाई भेटेर भनिन्, “हामीले जिताएको मेयर हो नि ! कति टाढा कोटेश्वरबाट आयौँ । आफैँले जिताएको मेयरलाई भेट्न नपाउने ?”

KFC Island Ad
NIC Asia

यति भनिसकेपछि स्वकीय सचिव शाहले मनमायालाई 'भेट्नलाई समय लिनुभएको थियो ?' भनेर सोधे । आक्रोशित मनमायाले 'कति पटक समय लिने ?' भनेर जवाफ फर्काइन् ।

मनमाया वडा नम्बर ३२ स्थित १०० घरधुरी खानेपानीकी अध्यक्षसमेत हुन् । 

Royal Enfield Island Ad

उनले अगाडि भनिन्, “हाम्रो टोलमा पानी आउँदैन बत्ती छैन । हामी अस्ट्रेलियाका नागरिक त होइनौँ, यही देशका नागरिक हौँ । हामीले जिताएको मेयरलाई भेट्न नपाउने ? हामीले भोट नहाल्ने भन्दा छोरीले आत्माहत्या गरेर मर्छु भनी । ल हेर्नुस् हामीले खानेपानी र बिजुली बत्ती नपाएको कत्ति भयो । वडामा गरेको गुनासो कसैले पनि सुनेन । बत्तीको समस्या पनि उस्तै छ । कतिपटक समय लिने हामीले ?” 

मनमायाले मेयरलाई भेट्न नपाएको विषयमा स्वकिय सचिव शाह कार्यपालिकाका नयाँ सदस्यहरूको सपथ कार्यक्रम भएकाले मेयर त्यतातिर व्यस्त भएको बताए । “कार्यपालिकामा नयाँ प्रतिनिधिहरू आउनुभएको छ । उहाँहरूको कार्यक्रममा जानुभयो । त्यसपछि ३ बजेतिर २/३ वटा कार्यक्रम जुधेको छ,” स्वकीय सचिव शाहले भने । 

शाहले सचिवालयबाट फेरि समय लिन र त्यसपछि आफ्नो समस्याको सबै डकुमेन्ट लिएर आउन आग्रह गरे । जवाफमा मनमायाले भनिन, “भोट दिएर जिताएको त हामीले बालेन छोरालाई नै हो । मेयरलाई भेट्न पाइँदैन भनेको भए त हामीले बालेनलाई भोटै हाल्दैनथ्यौँ नि !” 

मनमायाका फाइल पल्टाउँदै स्वकिय सचिव शाहले भेट्न नपाउने भन्ने नहुने तर व्यस्तताले समय नमिलेनको बताए । “उहाँ तपाईंहरूलाई भेट्न भनेरै निर्वाचित हुनुभएको हो । नम्बर लिएर जानुस् समन्वय गरेर भेट्ने हो । उहाँहरूले तपाईंहरूलाई भेट्नकै लागि कहीँकतै सगुन खान पनि जानुभएको छैन । दिनमा सयवटा बधाई कार्यक्रमका लागि बोलाइरहेका छन् । तर, उहाँले ती सबै कार्यक्रममा जान अस्वीकार गरिरहनुभएको छ,” उनले भने । 

सुरुमा टोलका खानेपानी, सडक, चोरीलगायतका समस्या लिएर मनमाया वडा कार्यालयमा गएकी थिइन् । तर, कसैले पनि उनको गुनासो सुनेन । त्यसपछि उनले कल सेन्टरमार्फत महानगरमा गुनासो गरिन् । तर पनि सम्बोधन हुने छाँटकाँट देखिएन । त्यसपछि आफैँ मेयरलाई नै भेट्छु भनेर उनी महानगर कार्यालयमा पुगेकी थिइन् ।

“मेरो घरमा ल्यापटप चोरी गरेर पल्लो घरमा मोटरसाइकल चोरी गर्ने मान्छेहरू छन् । वडामा गएर कागजपत्र दिइसक्यौँ । वडामा सुनुवाइ नै भएन । कल सेन्टरमा पनि गुनासो गरेकी थिएँ । अब बालेन शाहलाई भेट्न आएका थियौँ,” उनले भनिन् । 

बालेनलाई अरूले भेट्न पाएको तर आफूले मात्रै नपाएको गुनासो उनले गरिन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयले मनमायाले पेस गरेको निवेदनका आधारमा कोटेश्वर सहयोगीनगरमा नयाँ विद्युतको पोल राख्न नेपाल विद्युत प्राधिकरणलाई ०७८ पुस ८ गते पत्रमार्फत आग्रह गरेको थियो । तर, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने पोल राख्ने विषयमा आफूलाई थाहा नभएको बताउँछन् । 

खानेपानीका सम्बन्धमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गत वर्ष कात्तिक १ गते मनमायाको निवदेनका आधारमा वडा नम्बर ३२ को कार्यालयलाई सडक अन्न स्वीकृति दिन आग्रह गरेर पत्र लेखेको थियो ।

तर, कुनै पहल नभएपछि स्थानीयले कात्तिक १० गते आफूहरूको धारामा पानी नआएको गुनासो गरेका थिए । उनीहरूले उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेखेर धारामा पानी आउनले व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

तर, समस्या समाधान भने नभएको मनमायाको गुनासो छ । अर्कोतिर लामो समयदेखि समस्यामा रहँदा वनि विद्युत र खानेपानी महसुल तिर्दै आएको उनको भनाइ छ । 

महानगरवासीका गुनासा तथा समस्या सुनेर समाधान गर्न भनेर महानगरपालिकाले गत सोमबारदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको थियो । 

बालेनले महानगरलाई उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको बताएका थिए । 'महानगर के गर्दै छ ?' भनेर जनताले सोध्न पाउनुपर्ने उनको भनाइ थियो । कल सेन्टरका लागि निःशुल्क टेलिफोन नं. १६६००१–०५५११ मा सम्पर्क गर्न सकिने महानगले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro