site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि नफालेरै फर्किन थाले
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् ।

स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किन थालेका हुन् ।

दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । मंगलबार प्रहरीको सुरक्षामा डेढ सय बढी ट्रक फोहोर फालिएको थियो । 

काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्न थालेको छ । तर, फोहोर व्यवस्थापन गर्ने क्षेत्रहरू सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर निरन्तर अवरोध गर्दै आएका छन् । मंगलबार पनि स्थानीयको अवरोधकाबीच बल प्रयोग गरेर फोहोर फालिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro