विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ११ शिवम गणपती ट्रेडिङको गोदाममा छापा मारी ठुलो परिमाणमा सामान बरामद गरेको छ ।
भन्सार चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको विना बिलको खाद्यान सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मंगलबार छापा मार्दा मासको दाल १९७ बोरा, पहेँलो तोरी ४ बोरा, केराउ ४ बोरा गरी २०५ बोरा बरामद भएको जनाइएको छ ।
बरामद सामग्रीको मूल्य अन्दाजी मूल्य रु. ६,७१,००० (छ लाख एकहत्तर हजार) भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा सामग्री बुझाइएको प्रहरी प्रवक्ता डीसपी दिपक श्रेष्ठले बताए ।