site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को वदला लिन चलचित्र निर्माता रोज राणामाथि खुकुरी प्रहार भएको खुलेको छ ।
राणाले गुण्डागर्दीबाट आर्जन गरेको रकम एकलौटी गर्न चरीको हत्या गर्न लगाएको चरी समूहको निष्कर्ष छ ।
पहिले चरी र राणा एउटै समूहमा भए पनि आर्थिक कारोबारकै कारण भिन्न भिन्न भएका थिए । 
चरीको ठाउँ ओगट्न राणाले प्रहरीलाई सूचना दिएर हत्या गर्न लगाएको चरीका सर्मथकहरुको बुझाइ छ  । 
लामो समयको योजनापछि आइतबार बेलुका काठमाडौंको मध्येवानेश्वरमा राणामाथि चरीकै समर्थकले खुकुरी प्रहार गरेका थिए ।
उनीहरूले राणाको हत्या नभई अंगभंग गराउने योजनाका साथ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमूख एसएसपी सर्वेन्द्र खनालले बाहखरीसँग भने,“रोज राणा यस्ता व्यक्ति हुन्, उनी पैसा कमाउन जोसँग पनि नजिक हुन पछि पर्दैनन् । प्रहरी इन्काउटरमा मारिएका चरी र कुमार घैटेसँग रोजको पहिला राम्रो सम्वन्ध थियो । पछि आर्थिक लेनदेनकै कारण विवाद बढेको हो ।”
पहिले रोजले नै चरीलाई ‘ठुल्दाई’ भन्ने गर्थे । रोजलाई भारतमा बस्दै आएका चरी समूहका रत्नबहादुर लामा जोधाको निर्देशमा खुकुरी हान्न लगाइएको प्रहरीले जनाएको छ ।
भक्तपुरका विवेचन प्रजापति र सूर्य लामाले रोजलाई खुकुरी हानेका थिए । 
“रोजलाई खुकुरी हान्न लगाउने जोधा र रोज दुवै पहिले चरी ग्याङकै सदस्य हुन्,”अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने,“उनीहरू मिलेर नेपालमा गुण्डागर्दी गर्ने र भारतका विभिन्न ठाउँमा पुगेर क्यासिनोमा लगानी गर्दै आएका थिए । पछि त्यही लगानीका कारण विवाद बढ्दै गएपछि चरी ‘इन्काउन्टर’सम्मको अवस्था बन्यो ।”
काठमाडौंको नैकापमा चरीलाई गोली हानी घाइते बनाउँदा पनि राणाले नै चरीलाई अस्पतालसम्म लगेर उपचार गराएका थिए ।
“एउटा÷एउटा राजनीतिक पार्टीको सदस्य हुने हो भने बच्न सजिलो हुने भन्दै रोज र चरी सल्लाह गरेर कांग्रेस र एमालेका लागेका रहेछन्,”प्रहरीका एक अधिकारीले भने,“तर आर्थिक विवाद बढ्दै जाँदा एक अर्काका शत्रु बन्न पुगे ।”
दुवैबीच आर्थिक मामलामा विवाद बढेपछि भारतमा रहेका चरी त्यसबेला नेपाल आएका थिए । “रोज र चरीको आर्थिक मामलामा विवाद बढेपछि भारतमा बसेका चरी नेपाल आएका बेला रोजले नै प्रहरीलाई जानकारी दिएको चरी समूहका सदस्यको बुझाइ छ,” स्रोतले भन्यो,“चरीलाई प्रहरीले खोजेका बेला रोजले नै प्रहरीलाई सहयोग गरेका थिए ।”
त्यही आर्थिक कारोबारकै विषयमा विवाद भएपछि जोधाले रोजलाई साटो फर्ने चेतावनी दिएका थिए ।
“चरीलाई धोका दिएका व्यक्तिले भोली हामीलाई जे पनि गर्न सक्छन् भनेर खुकुरी हानेका रहेछन्,”एक प्रहरीले भने,“एउटा हात र एउटा खुट्टा छिनाउने योजना अनुसार खुकुरी हानिएको रहेछ ।”
“रोज राणाकै कनेक्सनका बारेमा हामीले अनुसन्धान अघि बढाएका छौं,” महानगरीय अपराध महाशाखा प्रमूख एसएसपी खनालले भने,“उनी पनि सज्जन व्यक्ति होइनन् ।”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७३  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro