अर्थ व्यवसाय
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरूलाई चितवनको सौराहामा कार्यक्रमको आयोजना सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
यस्तै लमजुङ शाखा कार्यलयमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायत विषयमा प्रशिक्षण दिएका थिए ।
सोही कार्यक्रमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्