site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजगढमा विमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री
SkywellSkywell

वीरगन्ज । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

"निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो," उनले भने, "यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।"

KFC Island Ad
NIC Asia

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक रूपमा मात्र नभएर मधेस प्रदेश र मुलुकै सर्वांगीण आर्थिक विकासका लागि निजगढमा विमानस्थल चाहिएको बताए । निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुतमार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको उनले उल्लेख गरे ।

"मधेसलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने द्रुतमार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुलाई पनि आवातजावत गराउने हो," उनले भने ।

यस्तै, वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए । शनिबारै बिहान अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायत टोलीले वीरगन्ज चिनी उद्योगको निरीक्षण गरेका थिए । त्यहाँ कार्यरत कर्मचारीले चिनी मिल सञ्चालनयोग्य रहेको जानकारी गराएका थिए ।

"वीरगन्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन," उनले भने, "६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।" उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चापदार्थको उपलब्धता बढाउन वीरगन्ज क्षेत्रकै उद्योगी, व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सचिव मरासिनीले वीरगन्ज क्षेत्र उद्योग, व्यापारमा 'लाइफलाइन' भएको उल्लेख गरे । उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताए ।

"बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग, व्यापारलाई औद्योगिकीकरण गर्न खोजिएको छ" उनले भने, "निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रूपमा लिने सम्भवतः सरकारको यो पहिलो दस्तावेज हो ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro