site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट पर्खिंदै सेयर लगानीकर्ता : नेप्से ८ अंकले बढ्दा कारोबार ८८ करोड मात्र
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  सेयर लगानीकर्ताले  बजेटलाई पर्खिंदा सेयर बजार सुस्त देखिएको छ । साताको चौथो कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से उतारचढावबीच ८.०३ अंकले वृद्धि भएर २२३९.६० अंकमा बन्द भएको छ ।

नेप्सेमा समान्य वृद्धि भए पनि कारोबार रकम भने एक अर्बभन्दा तल झरेको छ । आउँदो आइतबार नयाँ बजेट आउने हुँदा सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । अत्यावश्यकबाहेकको अवस्थामा सेयर लगानीकताले बजारमा बिक्री पनि नगर्ने र खरिदकर्ता पनि सक्रिय नहुँदा  बजारमा सक्रियता देखिएको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज बजारमा होटेल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर र अन्य उपसूचकमा गिरावट हुँदा बैंकिङ, बिमालगायत उपसूचक भने बढेका छन् ।

आज बजारमा ८८ करोड ९८ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको सर्वाधिक पाँच करोड ४२ लाखको कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावरको चार करोड चार लाखको कारोबार हुँदा नबिल बैंकको तीन करोड ५७ लाखको कारोबार भएको छ ।

Royal Enfield Island Ad

आज दिनभर बजारमा १९३ कम्पनीका सेयर कारोबार भएकामा १०३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७८ कम्पनीको सेयर मूल्यमा गिरावट भयो । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज कारोबार भएकामध्ये मेगा बैंकको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । मर्जरको चर्चा चल्दा बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको हो । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.२० प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य ४.०३ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.४७ प्रतिशतले गिरावट हुँदा  सिंगटी हाइड्रोपावरको सेयर मूल्य ३.७६ प्रतिशत र रूरू हाइड्रोपावरको  सेयर मूल्य ३.६१ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro