अर्थ व्यवसाय
काठमाडौं । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत संकलन गरेको बैंकले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा अभावका रूपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १३:२६
प्रतिक्रिया दिनुहोस्