site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले चिनेका पोखराका अन्तर्घाती कांग्रेस
SkywellSkywell

पोखरा । पोखराको नेतृत्व आफूले नै पाउनुपर्ने मागसहित काठमाडौं गएका कास्की कांग्रेसीको टोलीलाई सभापति शेरबहादुर देउवाले खासै वास्ता गरेका थिएनन् । बिहानैदेखि बालुवाटारमा कुरेको टोलीले त्यहाँ भेट नपाएपछि अन्तिममा सानेपा पुग्यो । कास्की सभापति किशोरदत्त बराल, नेता यज्ञबहादुर थापासहित प्रदेशमन्त्री र अन्य नेताहरूको टोलीसँगको भेटमा शेरबहादुर देउवालाई कुनै हालतमा कास्कीको नेतृत्व छाड्न नहुने, एक्लै लडेको खण्डमा पनि २० भन्दा बढि वडासहित प्रमुख उपप्रमुख जित्न सकिने ब्रिफिङ टोलीले गरेको थियो ।

गठबन्धनमा जोड दिएका देउवाले अघिल्लोपटक पनि माओवादीसँग गठबन्धन हुँदा किन पराजित भएको भन्ने प्रतिप्रश्न गर्दै नाजवाफ बनाएर उनीहरूलाई फर्काए । देउवाले उक्त प्रतिप्रश्नचाहिँ पोखराको कांग्रेसमा सामूहिकता छैन, अन्तर्घात गर्छन् र आफ्नै उमेदवारलाई हराउँछन् भन्ने थियो । देउवाले गरेको अर्को प्रश्नचाहिँ लेखनाथलाई किन मिसाएको भन्ने थियो ।अहिले पोखरा महानगरपालिका बनेको छ । गठबन्धन बनेपछि पोखराबाट गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य प्रमुखका उमेदवार बने ।

उपप्रमुख पाएको कांग्रेसले रणनीतिक रूपमा लेखनाथ क्षेत्रबाट कोपिला रानाभाटलाई अगाडि बढायो । कांग्रेस एक्लैको ६० हजार मत, कांग्रेस आफैंले आँकलन गरेको माओवादीको ८ हजार र समाजवादीको पाँच हजार जति मत पाएपछि उपप्रमुख जितिनेमा कांग्रेस ढुक्क थियो । तर, निर्वाचनमा परिणाम देखिएन । तीन हजार ८१५ मत गन्न बाँकी रहँदा उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले लोकप्रिय मत पाउँदै सानदार विजयतर्फ अगाडि बढेकी छन् ।

KFC Island Ad
NIC Asia

गठबन्धनका उमेदवारलाई प्रमुख पदमा जिताएर गठबन्धनलाई सफल बनायौँ भन्ने नैतिक आधार पनि उपप्रमुखको पराजयसँगै कांग्रेसले गुमाएको छ । पोखराको नेतृत्व कुनै पनि हालतमा छाड्न हुन्न भनेर प्रोपोगाण्डाको राजनीतिसमेत गर्न भ्याएको कांग्रेसले अन्तिममा नेतृत्व छाड्नै पर्‍यो । एक दर्जन बढी आकांक्षी रहँदा रहँदै समाजवादीले प्रमुख पायो ।

प्रमुखको च्याप्टर क्लोज भइसकेपछि उपप्रमुखमा सुरूमा कांग्रेसका पोखरा महानगर सभापति सुरेन्द्रमा बिजुक्छेको नाम आएको थियो । तर, अन्तिममा उनले टिकट पाएनन, कोपिला रानाभाटलाई कांग्रेसले अगाडि बढायो । रामचन्द्र–कोइराला निकट मानिने कोपिला प्रदेशकी सह–महामन्त्रीसमेत हुन् । हालसम्म नतिजा सार्वजनिक भएका ३० वडामध्ये २१ मा वडाध्यक्ष जितेको कांग्रेसले उपप्रमुखलाई भने जिताउन सकेन । बरू, उनलाई हराउनै पर्छ भन्दै कांग्रेसकै नेता, नेतृहरूले आन्तरिक गुटबन्दी गरे ।

Royal Enfield Island Ad

भलै, गठबन्धनका उमेदवार आचार्यले एमालेको पनि धेरै मत चोरे र विजयी भए । तर, कोपिलाले चाहिँ कांग्रेसकै आफ्नो मत पाउन सकिनन् । मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत ल्याउँदा कोपिलाको ५५ हजार ८० मत आएको छ । उनी एमालेकी उमेदवारभन्दा तीन हजार ९९० मतले पछाडि परेकी छन् ।

किन आएन त कोपिलालाई मत ?

कास्की कांग्रेस नै कोपिलाको प्रचारमा जसरी लाग्नुपर्थ्यो त्यसरी लागेन । प्रमुख नपाएपछि वडाध्यक्षहरू वडामा नै केन्द्रित भए, उनीहरूले गठबन्धनको नेतृत्व, कांग्रेसको उपप्रमुखलाई मत मागिदिएनन् । गठबन्धनको परिचय कार्यक्रममा पनि केही वडाका वडाध्यक्षहरू अनुपस्थित भएका थिए ।

कांग्रेसभित्र निष्ठा र त्यागको परिचय बनाएकी कोपिलालाई कांग्रेसले इमानदार कार्यकर्ताको रूपमा चिन्छ । तर, त्यसलाई कांग्रेसले बेच्न सकेन । कांग्रेसको राजनीतिमा जीवन खर्चिएकी रानाभाटको उच्च आर्थिक क्षमता भने छैन । उनले निर्वाचनमा परिचालनका लागि लिएका सवारी कांग्रेसकै नेताहरूले लिएर हिँडे ।

कांग्रेसभित्र निष्ठा र त्यागको परिचय बनाएकी कोपिलालाई कांग्रेसले इमानदार कार्यकर्ताको रूपमा चिन्छ । तर, त्यसलाई कांग्रेसले बेच्न सकेन । कांग्रेसको राजनीतिमा जीवन खर्चिएकी रानाभाटको उच्च आर्थिक क्षमता भने छैन । उनले निर्वाचनमा परिचालनका लागि लिएका सवारी कांग्रेसकै नेताहरूले लिएर हिँडे ।

अहिले परिणाम आएपछि उनीहरू सबै तैँ चुप मै चुप छन् । लेखनाथ क्षेत्रको उमेदवार रहेका कारण उक्त क्षेत्रबाट कोपिलालाई भेगीय रूपमा राम्रो मत आउने आँकलन गरिएको थियो । उनकै वडा २६ को मतपरिणामले भने त्यो आँकलनलाई पुष्टि गर्न सकेन । वडा नं. २६ मा कांग्रेसका वडाध्यक्ष एक हजार १५ मतान्तरले चुनाव जित्दा उपप्रमुखको मतान्तरचाहिँ ६९६ मात्रै रह्यो ।

कांग्रेसले सर्वाधिक मतान्तरले जितेको वडा नं. १४ मा पनि कोपिलालाई सो अनुपातमा मत आए । वडा नं. १४ मा कांग्रेसका वडाध्यक्षले एक हजार ५३६ मतान्तरले चुनाव जित्दा कोपिलाको अग्रताचाहिँ ५११ मात्र रह्यो । यी दुई प्रतिनिधि वडा मात्र हुन, जसले वडाध्यक्षमा कांग्रेसले पाएको अनुपातको मत उपप्रमुखले नपाएको पुष्टि गर्छन् ।

यसका अलावा पोखराको प्रमुख-उपप्रमुखमा मात्र गठबन्धन बन्यो । वडाहरूचाहिँ कांग्रेसले माओवादी, समाजवादी, जसपालाई एउटा पनि दिएन । त्यसका कारण ‘उपप्रमुखमा उनलाई मत किन दिने ?’ भन्ने प्रश्न गठबन्धनका अन्य दलसँग रह्यो ।
पोखरामा दलीय सँगसँगै जातीय राजनीति पनि चल्छ । यहाँका क्षेत्री समाजदेखि गुरुङहरूले दलीय भन्दा पनि व्यक्ति हेरेर मत हाल्ने गरेको ट्रेन्ड विगतका निर्वाचनले पनि पुष्टि गर्छ । वडा नं. १६ कै मतपरिणाम हेर्ने हो भने वडाध्यक्षमा कांग्रेसका उमेदवारले जिते भने कृष्ण थापालाई त्यहाँबाट प्रमुखमा राम्रो मत आएको छ ।

जातीय राजनीतिको चपेटामा पर्दा लेखनाथ क्षेत्रकै भेगीय मत पाउनमा कोपिला रानाभाट असफल रहिन् । यसअगाडि पनि उपप्रमुख रहिसकेकी मञ्जुदेवी गुरुङलाई सामुदायिक मत सबै भूगोलबाट आयो । गुरुङसम्बद्ध संघ-संस्थालाई नै निर्वाचनमा परिचालन गर्दा मञ्जुदेवी गुरुङ ‘म्यान अफ द इलेक्सन ’बन्नेतर्फ उन्मुख छिन् ।

यही जातीय राजनीतिको चपेटामा पर्दा लेखनाथ क्षेत्रकै भेगीय मत पाउनमा कोपिला रानाभाट असफल रहिन् ।
यसअगाडि पनि उपप्रमुख रहिसकेकी मञ्जुदेवी गुरुङलाई सामुदायिक मत सबै भूगोलबाट आयो । गुरुङसम्बद्ध संघ-संस्थालाई नै निर्वाचनमा परिचालन गर्दा मञ्जुदेवी गुरुङ ‘म्यान अफ द इलेक्सन’ बन्नेतर्फ उन्मुख छन् । प्रदेशका प्रभावशाली, जिल्लाका नेता, मन्त्रीहरूको वडाबाट समेत कांग्रेसकी उमेदवारले अपेक्षित मत पाउन सकिनन् । कांग्रेसले प्रभावशाली नेताकै वडासमेत गुमाउन पुग्यो ।

कांग्रेसले यसलाई कसरी लिन्छ त ?

देउवासँग पोखराको प्रमुख छाड्न हुन्न भन्न गएका कास्केली नेता यज्ञबहादुर थापाले यस विषयमा मुख खोल्न चाहँदैनन् । उपप्रमुख रानाभाट र नेता थापाको वडा पनि एउटै हो । चुनावमा गठबन्धनबाट खटिएका कास्की कांग्रेस सचिव देवेन्द्र रानाभाट चुनावमा केही कमजोरी भएको स्विकार्दै समीक्षा हुने बताउँछन् ।

देउवाले नै गठबन्धन गर्दा पनि कांग्रेसले किन अघिल्लोपटक जितेन भनेर प्रश्न गर्दा कास्की कांग्रेस सभापतिले अहिले एक्लै जित्ने भनेर दाबी गरेका थिए । तर, सभापति किशोरदत्त बराल अहिले प्रमुखको नेतृत्व पाएको खण्डमा उपप्रमुख जिताउन सहज हुने बताउँछन् ।“नेतृत्वमा कांग्रेस आएन, नआएपछि उपप्रमुखमा पनि जति उत्साह देखिनुपर्थ्यो, त्यो देखिएन । यसका अलावा धेरै फ्याक्टर छन्, त्यसको विश्लेषण गर्नुपर्छ ।” उनले भने ।

गठबन्धन भएको अवस्थामा पनि चुनाव जित्न नसक्नुले कांग्रेस त कमजोरै रहेछ नि भन्ने प्रश्नमा उनले भने, “सोचेजति मत आएन, जति आउनुपर्थ्यो । हाम्रा वडाध्यक्षहरूले धेरै जित्नुभएको छ । यसलाई कसरी विश्लेषण गर्ने भन्ने हो । हरेक लक्ष्य पूरा हुन्छन् भन्ने छैनन । हामीले समीक्षा गर्छौं ।” बहुमत वडा जित्यौँ भनेता पनि कास्कीमा गठबन्धनचाहिँ सफल भयो भन्ने आधार कास्की कांग्रेससँग छैन । प्रमुख जितेर बाहिर नाराबाजी भइरहँदा उपप्रमुख हारेको कांग्रेस विजय र्‍यालीमा सहभागी नहुने संकेत गरेको छ ।

कांग्रेसको हकमा पोखरा विद्रोह नभई अन्तर्घात हुने जिल्ला हो भन्ने भनाइ पनि छ । त्यसलाई अहिलेको परिणामले पनि पुष्टि गरेको छ । अन्यथा, एमालेभित्रै एमालेका उमेदवार हराउने समूह नै लागेको अवस्थामा पनि कोपिलाले कांग्रेसकै मत पाउन सकिनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro