राजनीति
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । १९ हजार १५५ मतसहित अग्रता जारी राखेका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेदवार किशोर राईले १४ हजार ९९५ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । धरानमा चार हजार ५२४ मतगणना गर्न बाँकी छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ ०९:१७
प्रतिक्रिया दिनुहोस्