काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रमुख खेलाडीसँगको विवाद समाधान नभएको अवस्थामा बिहीबार मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएपसी एसियन कप २०२३ को छनोट प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन् ।
अल्मुताइरीले घोषणा गरेको टोलीमा १० खेलाडीबाहेक नियमित कप्तान किरण चेम्जोङ पनि छैनन् । नेपाल छनोट प्रतियोगिताको समूह ‘ए’मा छ । समूहमा ‘ए’ नेपालले इन्डोनेसिया, जोर्डन र कुवेतविरुद्ध खेल्नेछ ।
नेपालले पहिलो खेल यही जेठ २५ गते जोर्डनविरुद्ध, २८ गते कुवेत र ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । प्रतियोगिता कुवेतमा हुनेछ ।
नेपाली टोली
गोलकिपर : दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा
रक्षक : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डर : आकाश बुढामगर, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सनिल बल, सुरजज्यु ठकुरी
फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनीष डाँगी र नवयुग श्रेष्ठ ।