राजनीति
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंहमा गाउँपालिकामा बहुमत वडासहित नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अजमल अख्तर मिया ४ हजार ९९३ मत प्राप्त गरे ।
उनका निकटतम रहेका एमालेका महेन्द्रप्रसाद यादव ३ हजार ६५५ मत प्राप्त गर्दा जसपाका महेन्द्रप्रसाद यादवले २ हजार २२१ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भयो । कांग्रेसबाट उमेदवार बनेकी सुनीता कुमारी उरावले ४ हजार २४६ मत प्राप्त गर्दा एमाले उमेदवार सवितादेवी मेहताले २ हजार ८७९ मत प्राप्त गरिन् ।
यस्तै, जसपाबाट पुनम कुमारी मेहताले २ हजार ७४६ मत प्राप्त गरिन् । यहाँ तीनवटा वडा भने राप्रपाले जित्न सफल भयो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १३:५२
प्रतिक्रिया दिनुहोस्