site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोदीसँग देउवाको वान टु वान वार्ता हुने, यस्तो छ भ्रमण तालिका
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान भारतको राजकीय भ्रमणमा नयाँ दिल्ली आएका छन् । देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । नयाँ दिल्लीस्थित विमानस्थल पुगेका प्रधानमन्त्री देउवालाई स्वराजले स्वागत गरेकी हुन् । 

यस्तो छ देउवाको भ्रमण तालिका 

भदौ ७ देखि ११ गते अर्थात् आज बुधबारदेखि आइतबारसम्मको भ्रमणका क्रममा देउवाको उच्च राजनीतिक भेटघाटको कार्यक्रम साढे चार घण्टाको तय भएको छ।  आज दिउँसो ३ बजे नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा देउवाले नेपाली समुदायलाई सम्बोधन गर्ने छन्। 

Prabhu Bank
Agni Group
NIC Asia

उच्च तथा महत्वपूर्ण राजनीतिक भेटघाटमा प्रधानमन्त्री देउवाको कार्य तालिका भोलि बिहिबार विहान ९  बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म रहनेछ। बिहिबार बिहान ९ बजे राष्ट्रपति भवनमा  शिष्टाचार भेटघाटपश्चात देउवा महात्मा गान्धी समाधिस्थलमा गएर पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ।  त्यसपछि १०ः३० मा भारतीय विदेश मामिला मन्त्री सुष्मा स्वराजसँग देउवाले भेटघाट गर्नेछन् । 

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ः३० देखि १२ बजेसम्म हैदराबाद हाउसमा वान टु वान भेटवार्ता हुनेछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि दुई मुलुकका भ्रमणदलका अधिकारीबीच छलफलपश्चात केही सम्झौतापत्रमा हस्ताक्षर साटासाट हुने कार्यक्रम छ।  

Global Ime bank

दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म गृहमन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरुण जेटलीले प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा ४ः१५ बजे नवनिर्वा्चित उपराष्ट्रपति बैकैया नायडु र ५ बजे नवनिर्वा्चित राष्ट्रपति रामनाथ कोबिन्दसँगको भेटघाटपछि प्रधानमन्त्री देउवाको सो दिनको औपचारिक भेटघाट सकिनेछ।

प्रधानमन्त्री देउवा शुक्रबार ११ः३० बजे विशेष विमानबाट हैदराबाद जाने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्री देउवाले हैदराबादको सूचना प्रविधि पार्कको अवलोकन गर्ने कार्यक्रम छ। त्यसै दिन बेलुकी ७ः३० बजे देउवाले हैदराबादको राज भवनमा तिलंगनाका गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणको चौथो दिन शनिबार बिहान १० बजे विशेष विमानबाट प्रधानमन्त्री देउवा तिरुपति मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ। सो कार्यक्रम सकाएर दिउसो २ः३०  बजे देउवा बिहारको गयाका लागि प्रस्थान गर्नेछन्।

भ्रमणको पाँचौं दिन देउवा आइतबार बेलुका ४ बजे गयाबाट दिल्ली प्रस्थान गर्ने छन्। भदौ ७ गते नयाँ दिल्ली प्रस्थान गरेका देउवा पाँच दिने भ्रमण सकेर ११ गते साँझ ६ बजे नेपाल एयरलायन्सको उडानबाट काठमाडौं फर्किने छन् ।

को को छन् टोलीमा ?

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, मन्त्रीहरु, सांसद र विभिन्न मन्त्रालयका सचिव र अन्य सरकारी अधिकारी सम्मिलित छन्। देउवासँगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जितेन्द्रनारायण देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा रहेका छन्। 

विभिन्न दलका ९ जना सांसद भ्रमण टोलीमा छन्। परराष्ट्र मन्त्रालयबाट सचिव शंकरदास बैरागीसहित ८ जना अधिकारी भ्रमण टोलीमा सम्मिलित छन् भने अन्य मन्त्रालयबाट सचिवसहित ११ जना कर्मचारी समेत भ्रमणमा सम्मिलित छन्।

भ्रमण टोलीमा देउवाका स्वकीय सचिव, सुरक्षाकर्मी र सल्लाहकार ८ जना छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा छन्।

भ्रमण टोलीमा नेपाल टेलिभिजनका २ र राष्ट्रिय समाचार समितिका १ जना पत्रकार छन्। निजी क्षेत्र र अन्य मिडियाका प्रतिनिधि पनि देउवासँगै भारत आएका छन्।

तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC