site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्रीद्वारा स्वागत 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । नयाँ दिल्लीस्थित विमानस्थल पुगेका प्रधानमन्त्री देउवालाई स्वराजले स्वागत गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यमन्त्रीले स्वागत गरेको भन्दै नेपालमा विरोध भएको थियो ।

प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराजले स्वागत गरेकी हुन्। प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा ४८ जना सम्मिलित टोलीको नेतृत्व गर्दै भारत आएका हुन्। पाँच दिनको भारत बसाईमा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री देउवा राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री देउवासहित ६ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकीलाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।

तस्बिर, एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement