पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् ।
जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गरेका हुन् ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि छिन् । एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उनलाई पछ्याइरहेकी छिन् ।
महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ । वडा नं. २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ । रासस