देश
काठमाडौं । सिंहदरबारस्थित सर्वोच्च अदालतको गेटमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारलाई मोटसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको छ ।
गएराति प्रहरी हवल्दार भरत केसीलाई बा ८४ प ५१८९ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो । घाइते केसीको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४ १०:३६
प्रतिक्रिया दिनुहोस्