राजनीति
![ललितपुरको महालक्ष्मीमा खन्याइएको मतपत्र फेरि मतपेटिकामै हालेर सिलबन्दी](https://12khari.top/uploads/posts/matpetika1652462475.jpg)
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको मतगणना स्थगित गरिएको छ ।
आज प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो वडाको मतगणना स्थगित गरिएको हो ।
गणनाका लागि खनाइएको मतपत्रलाई पुनः मतपेटिकामा हालेर सिलबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका नेपाली कांग्रेस नेता सुदर्शन घिमिरेले जानकारी दिए ।
सो नगरपालिकामा अहिले वडा नम्बर–९ को गणना सुरु गरिएको छ । १ नम्बर वडाको गणना पनि जारी छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १६:३१
प्रतिक्रिया दिनुहोस्