राजनीति
काठमाडौं । मनाङका दुई पालिकाका दुई वडामा एमाले र स्वतन्त्रका उमेदवार निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले दुई वडाको मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएको जनाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका मिङमार गुरुङले १ सय ६२ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत पाए ।
त्यस्तै, नार्पाभूमि गाउँपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उमेदवार फुन्चोक वङगे लामाले ४१ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी फुन्जो पासाङ लामाले २१ मत पाए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०१:५२
प्रतिक्रिया दिनुहोस्