राजनीति
काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका दुई मतदान स्थलमा मतदान स्थगित भएको छ ।
सर्केगाड गाउँपालिका ७ को रोडिकोटको कोट माध्यमिक विद्यायलय र खार्पुनाथ गाउँपालिकाको लालीको मालिका माध्यमिक विद्यालयमा मतदान स्थगित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय हुम्लाका निर्वाचन अधिकृत मुक्तिनन्द रावलले जानकारी दिए ।
उनका अनुसार रोडिकोटको कोट माविमा कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । त्यस्तै खार्पुनाथमा ढुंगामुडाको स्थिति सृजना हुँदा स्थगित भएको छ ।
त्यस्तै चंखेली गाउँपालिका ६ को हिमालय माविबाट मतपेटिका ल्याउदै गर्दा उनीहरुमाथि ढुंगामुढा प्रहार गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ २०:३९
प्रतिक्रिया दिनुहोस्