site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

पथरी (मोरङ), ५ भदौ ।  सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब रु तीन अर्ब ५० करोडको नोक्सानी भएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी क्षेत्रका त सबै उद्योग ठप्प छन् । कटहरीमा सानाठूला गरी ३० उद्योग सञ्चालित छन् । “क्षतिको पूर्ण विवरण आउन अझै एक हप्ता लाग्छ”,  अध्यक्ष शारडाले भने, “कतिपय उद्योगमा त भर्खर पानी सुक्दैछ, त्यहाँभित्र पस्न सक्ने अवस्था छैन । त्यसैले पूर्ण विवरण प्राप्त गर्न एक हप्ता पर्खनुपर्छ । अहिले त हिलो र फोहर पन्छाउँदै फुर्सद छैन ।” 
सबै उद्योग पूर्ववत् सञ्चालन हुन अझै एक हप्ता लाग्ने उनले बताए ।

Dabur Nepal
NIC Asia

उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ र उद्योग संगठनमा उद्यमी–व्यवसायीले क्षतिको विवरण पेश गर्न थालेका छन् । अहिलेसम्म प्राप्त सूचनानुसार अन्नपूर्ण निटिङ इण्डष्ट्रीमा रु १६ करोड ५४ लाखको क्षति भएको छ । सोमध्ये यन्त्रतर्फ रु पाँच करोड ५० लाख, कच्चा सामग्री रु तीन करोड ५० लाख र तयारी कपडा रु चार करोड ४९ लाखको क्षति भएको छ । त्यस्तै विशाल ग्रुपको सञ्चालनमा रहेको मैनावती स्टिलमा रु छ करोडको क्षति भएको छ । मैनावतीको मिलमेसिनरीतर्फ रु एक करोड ५५ लाख, कच्चा पदार्थ रु एक करोड ७५ लाख र उत्पादित वस्तु रु दुई करोड १६ लाखको क्षति भएको छ । इटहरीस्थित रिजाल टासीमा पनि रु २२ करोडको क्षति भएको छ । सेन्चुरी फुड एन्ड स्पाइसेज उद्योगका सञ्चालक एवम् पूर्वसांसद् मोती दुगड पछुताउँदै भन्छन्, “आँधी, हुरी, भूकम्प, आगजनीजस्ता दैवीप्रकोपको बीमा त गरियो तर बाढीको गरिएन । ”बाढीको बीमा नगर्दा उहाँका दुई  उद्योगमा रु दुई करोडको क्षति भएको छ । 

बाढीबाट मोरङको बूढीगंगा गाउँपालिकास्थित उनको सेन्चुरी परिसरमा रहेको मसला र स्न्याक्स उद्योगमा त्यति क्षति भएको हो । “सबै क्षतिको विवरण संकलन गर्न एक हप्ता लाग्छ”,  दुगडले भने, “दुई वटा उद्योगको क्षतिले रु दुई करोड नाघ्ने अनुमान गरिएको छ । ” उहाँले उद्योगमा भएको कच्चा सामग्री, तयारी सामान, प्याकेजिङ कच्चा पदार्थ केही बाँकी नरहेको बताए ।

दुगडले भने, “कारखानामा बाढीको पानीसँगसँगै दुर्गन्धित हिलो पनि पस्यो । पानी त बग्यो तर हिलो छाडेर गयो । अहिले मेसिन सफा गराउने काम गरिरहेका छौँ । दुर्गन्धले कारखानाभित्र पसिसक्नु छैन ।” करिडोर क्षेत्रका ठूला उद्योगीमध्येका दुगड एक हुनुहुन्छ । उहाँको कुर्ररमकुरा, सेञ्चुरी मसला लगायत उद्योग सञ्चालनमा छन् । 

नेपाल इन्स्युरेन्सका विराटनगरस्थित प्रमुख मदन खतिवडाका अनुसार ठूला उद्योगी ९५ प्रतिशतले बाढीको बीमा गरेका छन्  तर साना तथा मझौला उद्योगी ९५ प्रतिशतले गरेका छैनन् । बाढीको विनाशबाट अहिले सबैभन्दा बढी थिचिने र मिचिनेमा साना तथा मझौला उद्योगी छन् । कटहरी गाउँपालिकामा प्लाष्टिकका चप्पल र ग्लास उत्पादन गर्ने विजय तोदीले पनि बाढीको बीमा गरेका थिएनन् । उनले भने, “दुवै युनिटको गरेर क्षति रु एक  करोड ५० लाख नाघ्छ होला ।”

विराटनगरमा गुटखा उद्योग रहेका गोविन्द खतिवडाको हालत पनि त्यस्तै छ । उनका अनुसार कच्चा पदार्थ र यन्त्र सबै काम नलाग्ने भएको छ । उनले आफ्नो रु तीन करोड बराबरको क्षति भएको जिकिर गरे । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro