site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चको फुलकोर्ट बैठक : विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरणमा छलफल
SkywellSkywell

काठमाडाैं । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपाय विषयका आफ्नो कार्ययोजना प्रस्तुत गरे । उक्त प्रस्तुतिपछि कायममुकायम प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूले आ–आफ्नो धारणा राखेका थिए । 

बैठकले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संयोजक रहेको मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्रसहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको निर्णय गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  २३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro