काठमाडाैं । भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
नवनियुक्त राजदूत शर्माले ट्विट गर्दै यसबारेमा जानकारी दिएका हुन् । उनले ट्विट लेख्दै भने, “भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दलाई औपचारिक रूपमा आफ्नो ओहदापत्र पेश गर्न पाउँदा सम्मानित भएको छु । नेपाल र भारतबीचको हाम्रो सुदृढ, सदियौं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन म उत्सुक छु ।”
आफू महत्वपूर्ण देशको लागि राजदूतको रुपमा नियुक्त हुन पाउदा अत्यन्त खुसी लागेको र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकार र यहाँका जनतासँग काम गर्न उत्सुक रहेको उनले अन्तर्राष्ट्रिय समाचार संस्था विओनलाई बताएका छन् ।