विशेष
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दाङका वडाध्यक्षका उमेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उमेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को सडा सदस्य भएर काम गरेका थिए ।
चुनाव प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारकालागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।
उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ ०७:५८
प्रतिक्रिया दिनुहोस्