site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवारको परिवारमाथि आक्रमण
SkywellSkywell

जनकपुरधाम । धनुषाको कमला नगरपालिका–१ मा आसन्न स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमला–१ को वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

Dabur Nepal
NIC Asia

माग्राहस्थित घरमा वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिर बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu