काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलियालाई पक्राउ गरेको छ ।
यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गराउने, कार्यालय बाहिर अनावश्यक भेला हुने १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर महानगर १४ तिखिदेवलका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा दोलखा गाउँपालिका ७ घर भई ललितपुर १४ मा बस्ने ३४ वर्षीय विवेक थापा, धनुषा वटेश्वर ७ घर भई हाल ललितपुर १० वस्ने ३५ वर्षीय दुनियाबहादुर राउत, काभ्रे महाभारत गाउँपालिका ५ घर भई हाल ललितपुर १ इमाडोल बस्ने २२ वर्षीय विशाल तामाङ, ललितपुर १४ का ३९ वर्षीय सुनिल बज्रचार्य, ललितपुर पाटनढोका १० का ३६ वर्षीय महेश सुवेदी, रामेछाप २६ वर्षीय शिव दर्जी, ललितपुर १३ का २६ वर्षीय राजेश सुनुवार, वारा निजगढ घर भई हाल ललितपुर कुसुन्ती १३ बस्ने २४ वर्षीय रोशन घिमिरे र १० काभ्रे शिखर अंबोटे १ घर भई ललितपुर २१ बस्ने ३३ वर्षीय कमल लामा रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।