अर्थ व्यवसाय
काठमाडौं । सन् २०२२ को अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ हजार ४ सय ५० जना पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यस अवधिमा २२ हजार ४ सय ७७ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुुसार सन् २०२२ मा हालसम्म १ लाख ३७ हजार ९५ जना विदेशीले नेपाल भ्रमण गरिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १५:३०
प्रतिक्रिया दिनुहोस्