site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होस्टेल व्यवसायका निम्ति माछापुछ्रे बैंकले बिनाधितो पाँच लाखसम्म ऋण दिने

काठमाडौं । होस्टेल व्यवसायका निम्ति माछापुछ्रे बैंकले बिनाधितो दुईदेखि पाँच लाख रुपैयाँसम्म ऋण दिने भएको छ । शनिबार होस्टेल व्यवसायी संघ र माछापुछ्रे बैंकबीच बिनाधितो ऋण दिनेसम्बन्धी सम्झौता भएको हो ।

होस्टेल व्यवसाय सञ्चालन गर्न र गरिरहेकालाई व्यवसाय विस्तार गर्न ऋण दिने सम्झौता भएको संघका वरिष्ठ उपाध्यक्ष किरण शर्मा पंगेनीले जानकारी दिए ।

यस्तै, बानेश्वरस्थित एभरेस्ट हस्पिटलले होस्टेल व्यवसायी, विद्यार्थी र कर्मचारीलाई उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गरिएको छ ।

संघको साधारणसभामा उपस्थित प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले होस्टेल व्यवसायी र विद्यार्थीलाई लागुऔषध, साइबर क्राइम तथा ट्राफिक नियमका विषयमा प्रशिक्षण दिन नेपाल प्रहरी सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro