site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस्ता छन् खोपबारे केही रोचक तथ्य 

काठमाडौं । खोप कुनै पनि रोगबाट बच्ने सबैभन्दा सुक्षित उपाय हो । खोपले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रोग लागिहाले गम्भीर अवस्थामा पुग्नबाट बचाउँछ । समयतालिका अनुसार नियमित खोप लगाएका ९० प्रतिशत बालबालिका अस्पताल भर्ना हुनबाट जोगिने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । 

प्रिप्रिन्टका अनुसार अमेरिकामा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु आईसीयूमा भर्ना हुने दर नलगाएकाभन्दा ६३.५ प्रतिशतले कम भएको थियो । जीवनरक्षाका लागि महत्वपूर्ण औजार साबित भएको खोप विश्वव्यापी पहुँचमा पुर्याउन ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)ले विश्वका ७७ देशमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । 
के छ त विश्वमा खोपको इतिहास ? यस्ता छन् खोपबारे केही रोचक तथ्य :–  

१.बेलायती शल्यचिकित्सक एडवार्ड जेन्नरलाई विश्व स्वास्थ्यको इतिहासमा खोपका पिता भनेर चिनिन्छ, जसले पहिलोपटक मानिसमा खोपको प्रयोग गरेका थिए । 

Dabur Nepal

२.जेम्स फिप्स विश्वमा पहिलोपटक आधुनिक खोप प्राप्त गर्ने व्यक्ति हुन् । सन् १७९६ ताका मात्र ८ वर्षको उमेरमा उनले बिफरविरुद्धको खोप लगाएका थिए । उनलाई एडवार्ड जेन्नरले नै पहिलो खोप दिएका थिए । 

३..विगत ७५ बर्षदेखि विश्वमा सबैभन्दा ठूलो खोप खरिदकर्ता युनिसेफ हो । विश्वका ४५ प्रतिशत बालबालिकामा युनिसेफले खोप पुर्याउने जिम्मेवार िलिएको छ । 

४.पोलियोविरुद्धको खोप भाइरोलोजिस्ट जोनास साल्टले तयार पारेका हुन् । नोबेल पुरस्कार विजेता म्याक्स थिलर र उनको टिमले जण्डिसविरुद्धको खोप निर्माणका लागि आफू र आफ्नो टिमको रगत निरन्तर लामखुट्टेलाई चुसाएका थिए । 

५.गतवर्ष पाकिस्तानका ९ करोड बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप ऊँटहरूमार्फत् ढुवानी गरिएको थियो । 

६. प्रत्येक वर्ष खोप अभियानका कारण ३० लाख बालबालिकाको जीवन जोगिन्छ । तर, आज पनि कैयन् बालबालिका खोपको पहुँचभन्दा बाहिर छन् ।

युनिसेफ नेपालको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro