site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा धनराजको रणनीति : ‘जय नेपाल’ भन्ने, ‘एमाले’लाई गाली नगर्ने
SkywellSkywell

पोखरा । पोखरामा बिहीबार पाँचदलीय गठबन्धनले साझा घोषणापत्र सार्वजनिक कार्यक्रम राख्यो । गठबन्धनले पोखराको प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यलाई अगाडि सारेको छ ।

पहिलोपटक स्थानीय तहको चुनावमा 'कलम' चिह्न लिएर भाग लिन लागेको एकीकृत समाजवादीका उमेदवार आचार्य कार्यक्रमस्थल शितलादेवी स्थित एसआर केसी बेंक्वेट पुगे । उनले नै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम थियो । पोखरा 'कस्तो बनाउने' भनेर सुनाउन आएका आचार्यले बेंक्वेटको गेटमा नै व्यवधान देखे ।

यो चुनावमा सबैभन्दा ठुलो आड भनेकै नेपाली कांग्रेसको हो । तर, गेटमा उनले कांग्रेसकै कार्यकर्ताले गरेकझ 'गठबन्धन चाहिँदैन' भन्ने नारा सुन्नुपर्‍यो । कांग्रेसका कार्यकर्ताले नाराबाजी र तालाबन्दी गरेको देख्नुपर्‍यो । उक्त कार्यक्रममा कास्की कांग्रेस सभापति किशोरदत्त बराल अनुपस्थित रहे ।

KFC Island Ad
NIC Asia

यी सबको कारण चाहिँ कास्की कांग्रेसले पोखराका ३३ वटै वडासहित सबै पालिकामा मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णय गरेको भएर हो । उक्त निर्णयका आधारमा सबै वडामा उमेदवारी दिएका तर केन्द्रले गठबन्धन गर्न निर्देशन जारी गरेपछि कांग्रेसले केही वडा अन्य दललाई पनि दिन खोजेपछि विरोध सुरु भएको हो ।

त्यसको उग्ररूप प्रदेश पार्टी कार्यालय तोडफोड भए पछि प्रहरीले हस्तक्षेप गर्‍यो र अहिले माहोल शान्त बनेको छ ।

Royal Enfield Island Ad

कांग्रेसको आन्तरिक समस्या भएतापनि सबैभन्दा ठुलो र आफूलाई जिताउने शक्ति नै कांग्रेस हो भन्ने बुझेका आचार्यले रणनीति प्रयोग गरे ।

बाहिर प्रहरी परिचालन गरेर भित्र कार्यक्रम सुरु भए पछि आचार्यले सुरुमा नै भने, “जय नेपाल ।”

हलमा माओवादी, राष्ट्रिय जनमोर्चादेखि जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ता पनि थिए । तर, कांग्रेसी कार्यकर्ताले झैँ 'जय नेपाल' उच्चारण गरेपछि हलमा ताली गुन्जियो ।

उनले हातमा रिमोट लिएर आफ्नो एजेन्डा 'पावरप्वाइन्ट प्ले' गरेर देखाए, बुझाए र सुनाए ।

सबै सकिसकेपछि उनले कांग्रेसबाट उपप्रमुखमा उमेदवार बनेकी कोपिला रानाभाटको कांग्रेस राजनीतिक जीवनको प्रशंसा गरे र अन्तिममा पनि 'जय नेपाल' भन्दै आफ्नो प्रस्तुती सके ।

उनले प्रस्तुतीकरण नसक्दै गाइँगुइ हल्ला चलेको थियो, “धनराजले चुनाव जित्लान् नजित्लान् । तर, कांग्रेसी फकाउन रणनीति चाहिँ राम्रै खेलेका हुन् ।”

उसो त आचार्य स्वयंले नै 'जय नेपाल' भन्नमा कुनै आपत्ति नरहेको बताउँछन् ।

“पाँच दलीय गठबन्धन हो । मलाई 'जय नेपाल' भन्न केही अप्ठ्यारो छैन । साझा उमेदवार हुँ, सबैको उमेदवार हुँ,” उनी भन्छन् ।
अनौपचारिक संवादमा उनले भनेका छन्, “मैले मत माग्छु, तर एमालेलाई गाली गर्दिनँ ।”

यसको अर्थ, एमालेलाई गाली नगर्ने र 'जय नेपाल' खुलेर भन्ने रणनीति उनले चुनावमा अख्तियार गर्दैछन् ।

एमालेका भित्री कमजोरी बुझेका उनले कांग्रेसलाई फकाएर चुनाव जित्ने रणनीति बनाएका छन् ।

“एमालेका कुन तप्का विद्रोही छन्, कुन तप्काले आफूलाई सहयोग गर्छ भन्ने विषयमा उहाँ जानकार हुनुहुन्छ," एक नेताले भने, "एमालेका नाडी छामी सकेपछि उहाँलाई अबको आवश्यकता भनेकै कांग्रेसको हो । उहाँले त्यसका लागि कांग्रेसीको मुखारबिन्दुमा रहेको शब्द बोलिदिनुभएको छ ।"

अघिल्लोपटकको स्थानीय तह चुनावमा पोखरामा एमाले उमेदवारको घोषणापत्र लेखेका आचार्यले त्यहाँ भएका कमजोरीलाई हटाएर नयाँ एजेन्डा अगाडि ल्याएका छन् ।

इलेक्ट्रिक ट्रेनदेखि मोनोरेलसम्म
त्यसमा एउटा इलेक्ट्रिक ट्रेन चलाउने योजना उनले ल्याएका छन् ।

“सार्वजनिक, निजी, साझेदारी अवधारणामा आधारित रहेर महानगरको प्रवेशद्वार मानिने लामेआहालको निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडकको दायाँबायाँ इलेक्ट्रिक ट्रेन सञ्चालन गरिने छ,” उनले भने ।

फास्ट सर्भिस डेलिभरीदेखि मेट्रो रेलसम्मका योजना उनको घोषणापत्रमा छ । आचार्यले फेवातालदेखि बेगनासतालसम्मको १० किलोमिटर मेट्रोरेलले जोड्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहिलो सर्त रहेको ल्यान्डफिल साइट तत्कालै व्यवस्थापन गर्दै फोहोरलाई मोहोरमा परिणत गर्ने उनको घोषणा छ । पोखरा महानगरले हालै यसका लागि विनियोजित बजेटमध्ये चार करोड रुपैयाँ रकमान्तर गरेर टुक्रे योजनामा विनियोजन गरेको छ ।

बजार क्षेत्रको ट्राफिक चाप घटाउन बाइपास रोड बनाउने, फेवातालमा यसअघि मिसाइएको ढललाई ड्रेन गरेर विसर्जन गर्ने योजना उनका छन् । सहरी क्षेत्रमा ठुला ट्रकलाई प्रवेश गर्न नदिई पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग जोड्नका लागि बाइपास रोड बनाउने योजना उनको छ ।

नयाँ करको दायरा खोज्ने, एउटै कोठाबाट सेवा दिने वातावरण तय गर्ने, अनुसन्धानमा आधारित विकास परियोजना सञ्चालन गर्ने, ६ महिनाभित्र स्कुल टू वर्क कार्यक्रम सञ्चालन गर्ने, आमा समूहलाई 'एक समूह, एक उत्पादन' कार्यक्रममा जोड्ने कार्यक्रम उनको छ ।

परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म ऋण लगानी गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, कृषिको उत्पादन महानगरले खरिद गर्ने, पुराना सम्पदाको संरक्षणका लागि विशेष प्याकेज ल्याउने, महानगरभित्र काम गर्ने विदेशी नागरिकलाई वर्क परमिटको व्यवस्था गरी करको दायरामा ल्याउने र फोहोर बैंकमार्फत फोहोर खरिद गर्ने कार्यक्रम गठबन्धनको घोषणापत्रमा छ ।

पृथ्वीचोकमा सिटी बसपार्क, लामे आहालमा प्रदेशस्तरीय बसपार्क, नयाँ एयरपोर्टबाट लेकसाइड र कोत्रेसम्म फास्टट्रयाक निर्माण, उहिलेको पोखरा ब्युँताउने र अहिलेका ग्रामीण क्षेत्रहरूमा बहुसांस्कृतिक ग्राम निर्माण गर्ने योजना उनले सुनाए ।

पाँच वर्षको कार्यकालभित्र गरिबीको रेखामुनिको जनसंख्या शून्य बनाउने तथा सुन्दर र सफा पोखरा निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश र दातृ निकायबाट सहयोग माग्ने तथा पोखराकै बासिन्दाबाट सेयर उठाउने उनको योजना छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro