site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात करोडको कोकिनसहित विमानस्थलबाट दुई विदेशी महिला पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलोभन्दा बढी कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । पर्नेमा भारतीय नागरिक ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग  छन् ।

कपुटला कतार एयलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेकी थिइन् । उनलाई वैशाख ३ गते र लाल्नुपुईलाई वैशाख ४ गते पक्राउ गरिएको हो । तर, अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक भने गरिएको थिएन । आज उनीहरूलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

उच्च प्रहरी अधिकारीका अनुसार भारतीय महिला लाजिम्पाट क्षेत्रको एक होटेलमा बस्दै आएकी थिइन् । उनी कोकिन ‘रिसिभ’ गर्न विमानस्थल पुगेकी थिइन् ।

बरामद भएको कोकिन सर्वाधिक महँगो लागुऔषधमध्ये एक हो । जसको बजार मूल्य नेपाली रुपैयाँ सात करोड हाराहारी पर्ने प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी अधिकारीहरूका अनुसार कोकिनको बजार मूल्य नेपालमा प्रतिग्राम ३० हजार रुपैयाँसम्म पर्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro