site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी बाबु र भारतीय आमाबीच छोरीका लागि अध्यागमन विभागमै छिनाझपटी (भिडियोसहित)

काठमाडौं । अमेरिकी बाबु र भारतीय आमाबीच छोरीका लागि अध्यागमन विभागमै छिनाझपटी भएको छ ।

बुधबार ३८ वर्षीय अमेरिकी नागरिक करण गोएल आठ वर्षीया छोरी मेहरको पासपोर्ट बनाउन काठमाडौंस्थित अध्यागमन विभाग पुगेका थिए । भिसाका लागि प्रक्रिया सुरु गर्नै लाग्दा भारतीय नागरिक कनिका गोएल पनि अध्यागमन विभागमा आइपुगिन् । विभाग परिसरमा करण र कनिकाबीच छोरीका लागि छिनाझपटी भयो । सोही कारण विभाग केही घण्टा तनावमय बन्यो ।

बुवा करणले विभाग परिसरको ढोकामा छोरी बोकेर कुनातिर लुकाइरहँदा छोरी मेहर भारतीय भाषामा ‘मलाई बचाउनुस् प्लिज’ भन्दै थिइन् भने करण ‘हामीलाई मद्दत गर्नुस्’ भन्दै थिए । त्यसपछि करण र कनिकाबीच छोरी मेहरलाई लिएर खिचातानी सुरु भयो । छोरी चिच्याउँदै रुन थालिन् ।

उनीहरूबीच छिनाझपटी भएको भिडियोमा कोही करणलाई ‘ऊ आमा हो, तिमी उसलाई यस्तो गर्न सक्दैनौँ’ भनिरहेको आवाज सुनिन्छ । करण भाग्लान् भनेर परिसरको ढोका लगाउन कनिका पक्ष चिच्याइरहेको देखिन्छ । उनीहरूबीच झगडा हुुँदा भारतीय दूतावास र अमेरिकी दूतावास दुवैका प्रतिनिधिहरू त्यहाँ उपस्थित थिए ।

उनीहरूको झगडाका कारण त्यहाँ आएका सेवाग्राहीलाई मर्का पर्न थालेपछि विभागले दुवै पक्षलाई छुट्टै कोठामा राखेर छलफलमा गरेको अधिकृत मनोहर थापाले जानकारी दिए । उनले भने, “बाबुचाहिँ छोरीको भिसा लिन विभाग आएका थिए, तर आमा आएर झगडा सुुरु भयो । झगडा समाधान भएपछि छोरी बुवाले नै लिएर गएका छन् ।”

के भएको थियो ?
३८ वर्षीया कनिका र करणबीच सम्बन्धविच्छेद भइसकेको छ । सन् २०१६ देखि नै छोरी मेहर कनिकासँग बस्दै आएकी थिइन् । उनीहरूबीच छोरीको ‘कस्टडी केस’का लागि भारतीय अदालतमा मुद्दा चलेको थियो । मुुद्दा कनिकाले जितेकी थिइन् ।

करण र उनका आमा जसलिन गोएल गएको साता अमेरिकाबाट भारत आए । भारतको उच्च अदालतबाट छोरीलाई भेट्न पाउने अधिकार लिए । कनिकाका अनुसार उनले अप्रिल १५ मा होटेलबाट छोरीलाई ट्याक्सीमा राखेर लगे । अदालतको आदेशानुसार उनले अप्रिल १७ को राति ८ बजेसम्म छोरी कनिकालाई बुझाइसक्नुपर्ने थियो ।

नियमानुसार करण र जसलिनले उच्च अदालतमा उनीहरूको अमेरिकी पासपोर्ट बुझाए । तर, उनीहरू छोरीको सहित अमेरिकी पासपोर्ट बोकी बनवासा नाका हुँदै नेपाल प्रवेश गरे । कनिकाका अनुसार उनीहरूले छोरी मेहरलाई अपहरण शैलीमा नेपाल ल्याए । उनीहरू छोरीलाई लिएर नेपालबाट अमेरिका भाग्न खोजेको कनिकाको आरोप छ । उनीहरूले भारत प्रवेश गर्दा प्रयोग गरेको पासपोर्ट नभई अदालतमा अर्कै पासपोर्ट बुझाएको समेत कनिकाको आरोप छ ।

यता, भिसाको प्रक्रिया भर्खर सुरु गर्न लागेकाले करणले छोरीका लागि भिसा पाउने÷नपाउनेबारे अहिल्यै केही भन्न नसकिने विभागले जनाएको छ । यस्तै, कनिकाले करणले बोकेको पासपोर्टमा पनि सवाल उठाएकी छन् । यसबारेमा थापा भन्छन्, “प्रक्रिया भर्खर सुरु गर्न लागेकाले यसबारेमा केही भन्न सक्दैनौँ । भिसा दिन मिल्ने भए दिने हाम्रो काम हो ।”

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने प्रहरीलाई घटनाबारे कुनै जानकारी नभएको बताए ।

भिडियो हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro