
काठमाडौं । पछिल्लो २५ वर्षमा दुई हजार ८८६ वटा चलचित्रले निर्माणका लागि इजाजत लिएका छन् । डिजिटल र सेल्युलाइड गरेर विसं २०५७ देखियता २५ वर्षमा दुई हजार ८८६ वटा चलचित्रले इजाजत लिएका हुन् ।
विकास बोर्डले दुई हजार २६७ वटा घरेलु चलचित्रलाई जाँचका लागि केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)समक्ष सिफारिस गरेको छ ।
यही २५ वर्षको समयमा नेपालमा एक हजार १९३ विदेशी सिनेमा प्रदर्शन भएका छन् । एक हजार १९३ विदेशी चलचित्र जाँचका लागि सिफारिस प्रदान गरिएको बोर्डको तथ्यांक छ ।
बोर्डका अनुसार २५ वर्षमा ४५१ वटा सिनेमा हलले निर्माण तथा सञ्चालनका लागि इजाजत दिइएको छ ।
चलचित्र वितरणका लागि बोर्डले २१९ कम्पनीलाई इजाजत दिइएको बोर्डले जनाएको छ ।
बोर्डको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका चलचित्र घरहरूको संख्या १६४ छ । चलचित्र विकास बोर्डले यो २५ वर्ष पुगेको अवसरमा यो तथ्यांक सोमबार सार्वजनिक गरेको हो ।