राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नाम सिफारिस गर्न नेपाली कांग्रेस महानगर समितिको बैठक जारी छ । बैठकबाट दुवै पदमा तीन/तीनजनाको नाम सिफारिस गरिने नगरसचिव सुशन वैद्यले जानकारी दिए ।
केन्द्रले चुनावी तालमेल गर्ने निर्णय गरे पनि आफूहरूले दुवै पदमा नाम सिफारिस गर्ने उनले बताए ।
काठमाडौंको मेयरका लागि कांग्रेसबाट सांसद भीमसेनदास प्रधान, नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहसहित तीर्थराम डंगोल, नगर सभापति नीलकाजी शाक्य, सचिव सुशन वैद्य, प्रगतिमान रञ्जितलगायत धेरैजनाको नाममा छलफल भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९ १५:१८
प्रतिक्रिया दिनुहोस्