site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी घटकलाई एकता प्रक्रियामा आउन प्रचण्डको आग्रह
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन् । 

“सबै माओवादी एक ठाँउमा केन्द्रित भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै भएकाले एक ठाँउमा आउनुको विकल्प छैन”, सहिद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, “ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौँ ।”

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’का सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत गरेको उनले स्मरण गरे । 

सरकारमा रहँदा जनयुद्धका सहिद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेख गर्दै उनले विगतमा भएका निर्णय कार्यान्वयन गराउन सबैले दबाव दिनु आजको आवश्यकता भएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro