प्रविधि

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुुर बस्नेतले सूचना प्रविधिको प्रयोग अत्यधिक बढाउनुपर्ने बताएका छन् ।
नेटिस आईसीटी अवार्ड २०१७ वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । काठमाडौंको याक एन्ड यति होटलमा आयोजित विशेष अवार्ड समारोहमा मन्त्री बस्नेतले विजेतलाई पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा ३ प्रडक्टलाई आइसीटी प्रडक्ट अवार्ड वितरण गरिएको थियो । आइटेक नेपालको एभरेष्ट कास्ट, पाइला टेक्नोलोजीको परी रोबोट र सिमान्टेक क्रियसनको नेपाल भिआरलाई अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी समारोहमा उत्कृष्ट आईसीटी स्टार्टअपको अवार्ड बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी र जेफ्टवेयर सोलुसन्स प्रालिले प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ ३, २०७४ १७:०५
प्रतिक्रिया दिनुहोस्