काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदमा विजय स्वाँर निर्वाचित भएका छन् । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा स्वाँर निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमारी शाही र हरिशरण केसी निर्वाचित भएका छन् ।
महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा अर्जुन गौतम निर्वाचित भएका छन् ।
वर्गीय संयोजकमा रामप्रसाद घिमिरे, प्रदेश संयोजकमा केदार पौडेल, रामसुन्दर परियार, प्रकाश तिवारी निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित भएको महासंघले जनाएको छ । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन यही चैत २७ देखि २९ गतेसम्म चलेको थियो ।