site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा पूर्वमाओवादीलाई घर फर्काउने अभियानमा माओवादी केन्द्र
SkywellSkywell

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी बुधबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरे । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायत नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

चौधरी पूर्वमाओवादी नेता र पूर्वसभासद समेत हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा उनी कैलालीबाट माओवादी पार्टीको उमेदवार भएर जितेका थिए । उनी युद्धकालीन माओवादी समेत हुन् । उनको थारु समुदायमा राम्रो प्रभाव छ ।

Dabur Nepal
NIC Asia

०६४ को निर्वाचनमा माओवादी केन्द्रले एकल बहुमत प्राप्त गरेको थियो । त्यसयता माओवादी केन्द्रमा विभिन्न समूहमा विभाजन भयो । बाबुराम भट्ट, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत नेताले नयाँ पार्टी खोले ।

०६४ को पहिलो पार्टी माओवादी ०७४ मा आइपुग्दा तेस्रो पार्टीमा सीमित हुन पुगेको छ । कमजोर संगठन र पार्टी विभाजनले आफूहरू कमजोर बनेको माओवादी नेताहरूको बुझाइ छ ।

आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । कमजोर बनेको माओवादी अहिले पूर्वमाओवादीहरूलाई घर फर्काउने अभियानमा सक्रिय बनेको छ । खासगरी सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादीहरूलाई माओवादी केन्द्रमा फर्काउने अभियान सुरु भएको हो ।

नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इन्चार्ज खगराज भट्टका अनुसार विभिन्न कालखण्डमा पार्टी विभाजनमा छुिट्टएका नेताहरूलाई मूल घरमा फर्काउने अभियान सुरु गरिएको हो । उनका अनुसार वैद्य, विप्लव समूहमा रहेका नेता–कार्यकर्ता र विविध कारणले निस्क्रिय रहेका पूर्वमाओवादीहरूलाई पार्टीमा ल्याउन पहल भइरहेको छ ।

उनले भने, “फुटेर हामी कमजोर भयौँ भन्नेमा कसैको दुईमत छैन । हामी फुटेरै अरू बलियो भएका हुन् । फुटेर हाम्रो अभिभारा पूरा हुँदैन । विगतका गल्ती, कमजोरी सच्याएर सबै माओवादी एकै ठाउँमा आउनुपर्छ । विभिन्न कारणले अर्को पार्टी, समूहमा रहेका साथीहरू पछिल्लो समय मूल घरमा फर्किन उत्साहित हुनुहुन्छ ।”

नेता भट्टका अनुसार नेक्रविक्रम चन्द नेतृत्वको पार्टीमा रहेका कैयौँ नेता–कार्यकर्ताहरूलाई केही दिनमै पार्टी प्रवेश गराउने कार्यक्रम छ । युद्धकालीन नेता–कार्यकर्ता, घाइते, सहिद, बेपत्ता परिवारलाई जोड्ने काममा आफूहरू सक्रिय रहेको नेता भट्टको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu