काठमाडौं । वाग्मती प्रदेशमा १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा १८ वर्षमाथिका १००.६ प्रतिशतले दुई डोज र १७.८० प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
पहिलो डोज खोप भने ९८.८ प्रतिशतले लगाएका छन् । जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई पूर्ण खोपमा गणना गर्दा जनसंख्यामा खोपको कभरेज बढी हुन गएको मन्त्रालयले स्पष्ट पारेको छ । वर्तमान सरकारको चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने लक्ष्यअनुरुप नै खोप कार्यक्रम सञ्चालन गरेको वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले बताए ।
वाग्मतीमा १२ देखि १७ वर्षसम्मका ६३.५४ प्रतिशत जनसंख्याले दुई डोज र ८०.२ प्रतिशतले पहिलो डोज खोप लगाएको मन्त्रालयलको तथ्यांक छ ।