काठमाडौं । नेकपा (एमाले)ले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरेर एमालेले आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको रिजालले बताए । होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरिने उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर ‘बलिको बोको’ बनाएको बताएका थिए । उनले अर्थमन्त्रीको यो निर्णय निन्दनीय भएको टिप्पणी गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार गभर्नर अधिकारीलाई निलम्बन गरेका थिए ।