site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेयर कपमा राजविराज र वीरगन्ज विजयी 

विराटनगर । राजविराज नगरपालिका र वीरगन्ज महानगरपालिकाले विराटनगरमा जारी प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।

विराटनगर महानगरपालिका–१९ स्थित खेल मैदानमा आज भएको पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र दोसो खेलमा वीरगन्जले विराटनगरलाई पराजित गरेको हो ।

राजविराजले जनकपुरलाई ६ रनले हरायो । जितसँगै राजविराज समूह ‘ए’को विजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो । राजविराजका लागि विकास दासले २३ रन बनाउँदा अमित यादवले १४ र अभिषेक कार्कीले १३ रन जोडे ।

जनकपुरका हरिशंकर साहले तीन र साइमन राँयले दुई विकेट लिए ।

८२ रनको झिनो लक्ष्य पछ्याएको जनकपुरले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि अकबर अलीले ३९ रन र हिमांशु दत्तले १३ रन बनाए ।

राजविराजका नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत रहेका विवेक यादवले दुई विकेट लिए । महबुव आलम, अनिल यादव र रोहित सिंहले एक/एक विकेट लिए ।

दोस्रो खेलमा वीरगन्जले विराटनगरलाई ५ विकेटले हरायो । जितसँगै वीरगन्ज समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । कप्तान सिद्धान्त लोहनीले २८ बलमा ४५ रन जोडे । दीपक पासवानले २८ रनको योगदान गरे ।

वीरगन्जका लागि इमरान शेखले तीन विकेट लिँदा भुलवान सहनीले दुई विकेट लिए ।

वीरगन्जले १७.४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । तीर्थराज दासले ४० बलमा ५२ रन बनाए । सोनु अन्सारीले ३६ रन जोडे ।

विराटनगरका मुकुन्द यादवले चार विकेट लिँदा मेहबुबबाबु इराकीले एक विकेट लिए ।

प्रतियोगितामा प्रदेश नम्बर–१ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशका वीरगन्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र राजविराज नगरपालिका सहभागी भएका छन् । विजेताले नगद एक लाख एक हजार र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro