site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको हो ।

सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । आर्मीका लागि सन्तोष कार्कीले  सर्वाधिक ५५ रनको योगदान गरे । तृत राज दासले ३१ रन बनाए । कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए । सुदूरका मिलन बोहरा र शेर मल्लले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४५.३ ओभरमा ११७ रनको योगफलमा समेटिएको थियो । सुदूरपश्चिमका निश्चल क्षेत्री ४९ रन, सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए । आर्मीका शाहब आलमले चार विकेट लिए । सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले १–१ विकेट लिए ।

जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro