site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको 'टावर मोडेल'को विकासले भ्रष्टाचार बढायो : प्रदीप पौडेल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन् । 

स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले ओलीको शासनकालमा टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत जथाभाबी पैसा खर्च गर्नबाहेकको काम नभएको जिकिर गरे। 

KFC Island Ad
Dabur Nepal
NIC Asia

"ओली कालमा भएको यो दुईवटा काम मात्रै हो, टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमा जथाभाबी पैसा खर्च गर्ने । उहाँले अरू कुनै नयाँ कुरा दिएर देश बनाउने गरी योजना ल्याउनुनै भएन," उनले भने ।

टावर मोडेलको विकास भ्रष्टाचार बढाउने माध्यम बनेको नेता पौडेलको भनाइ छ । "नेपाल डाँडैडाँडाको देश हो । प्रकृतिले हामीलाई अलरेडी टावर दिएको छ, त्योमाथि ठड्याइएका ओलीका कृतिम टावरले भ्रष्टाचार बढायो । परनिर्भता बढायो । टावर मोडेलको विकास भ्रष्टाचार बढाउने एउटा माध्यम बन्यो," उनले भने ।

Royal Enfield Island Ad

वडादेखि केन्द्रसम्म टावर बनाएर ओली सरकारको पालमा अनुत्पादक ठाउँमा लगानी गरिएको पौडेलले बताए ।

प्रधानमन्त्री स्वरोजगार कोषले नेपाली जनतालाई अल्छी बनाएको पौडेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  २३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro