site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने, सर्वसाधारणबाट पनि सुझाव संकलन गरिने 

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र निर्माण समितिको बिहीबार बसेको बैठकले फरक फरक क्षेत्रका विज्ञहरूसँग छलफल गरेर घोषणापत्र निर्माण गर्ने र त्यसलाई आउँदो वैशाख ११ गते सार्वजनिक गर्ने निर्णय गरेको हो । 

केन्द्रीय सदस्य अजय शिवाकोटीकाअनुसार बैठकले विषयगत विज्ञ, भ्रातृ तथा शुभेच्छुक संस्था,स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका प्रमुख लगायतका सम्बन्धित निकायसँग छलफल गरेर सुझाव लिने निर्णय गरेको छ । 

Dabur Nepal
NIC Asia

“शिक्षा, स्वास्थ्य, उत्पादन, रोजगारी, कृषि लगायत विषयहरूमा विषयगत विज्ञता हासिल गरेका व्यक्तिहरूसँग बसेर उनीहरूको राय लिने र त्यसलाई अध्ययन गरेर घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने निर्णय गरेका हौँ,” उनले भने ।

बैठकले टोल फ्री नम्बरको माध्यमबाट तथा सामाजिक सञ्जालबाट समेत सर्वसाधारणको सुझाव संकलन गर्ने निर्णय गरेको शिवाकोटीले बाह्रखरीलाई जानकारी दिए ।

“यसरी संकलन भएको सुझवाहरूबाट घोषणा पत्र लेख्ने तथा यसलाई ग्राफिकल्ली प्रस्तुत गर्ने निर्णय भयो,” उनले भने,“हामीले घोषणापत्र लेखेर छाड्ने मात्र होइन यसलाई प्रत्येक वर्ष कार्यान्वयनको अवस्थाको बारेमा पनि अध्ययन गर्ने निर्णय गरेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro