site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई शंकरको जवाफ : आफूले हिउँदे अधिवेशन माघको अन्तिममा बोलाएको बिर्सिनुभो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्खरै सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । आफू मात्र होइन, उनले अन्य विपक्षी दलहरूलाई पनि समेट्दै तत्काल संसद्को विशेष अधिवेशन बोलाउन सरकारसँग माग गरे । 

प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएर संसद बैठकको माग गरिरहेका वेला सत्तारुढ दल एमालेका महासचिव शंकर पोखरेलले भने विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा नगर्ने भन्दै जवाफ फर्काएका छन् । 

आफ्नो पालामा माघको अन्तिम सातामा मात्रै हिँउदे अधिवेशन बोलाएको हेक्का राख्न उनले प्रचण्डलाई आग्रह पनि गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनुभएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ ।’’ 

विपक्षी दलको नेता भयपछि घुर्की त लगाउनैपर्यो क्यारे ! होइन त ? भन्दै पोखरेलले कटाक्ष गरेका छन् । उनले थप लेखेका छन्, ‘‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’’

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro