site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ऐतिहासिक विराटनगर’ र भाषाशास्त्री ‘बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ’ लोकार्पण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगरको इतिहास दर्शाउने ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

विराटनगर महानगरपालिकाका अनुसार सहर स्थापना भएको एक सय वर्ष पूरा भएको सन्दर्भ पारेर इतिहास झल्किने विषय समेटेर ‘ऐतिहासिक विराटनगर’ र भाषाशास्त्री स्वर्गीय ‘प्राज्ञ बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ’ लोकार्पण गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पुस्तकमा विराटनगर स्थापना, औद्योगिक र राजनीतिक विकाससहित कला, संस्कृति, साहित्य र शैक्षिक विकास समेत समेटिएको छ । साहित्यकार तथा समालोचक दधिराज सुवेदीले अन्वेषण गरी पुस्तक लेखेका हुन् । 

भाषाशास्त्री पोखरेलको स्मृतिग्रन्थमा १६९ जना विशिष्ट साहित्यकार तथा पोखरेलसँगै काम गरेका व्यक्तित्वहरूले उनको स्मृतिमा लेखेका स्मरण तथा आलेख समेटिएको छ ।

Royal Enfield Island Ad

पुस्तकको सम्पादन साहित्यकार विवश पोखरेलले गरेका छन् । विराटनगर महानगरका मेयर भीम पराजुलीले इतिहास खोज्ने र त्यसलाई संरक्षण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए । पुस्तकको लोकार्पण मेयर पराजुलीले गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro