काठमाडौं । कोका–कोला नेपालले नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्ने कोका–कोलाले जनाएको छ ।
नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिविम्बित गरेको छ ।
भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा भएको र त्यसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र आउट अफ होम आदि समावेश रहेको जनाएको छ ।
“फ्यान्टा त्यस्तो मानिसहरूको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिक जीवनमा थोरै भए पनि ताजगी र स्फूर्ति ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरूले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ,” कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्ने ।
यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डे उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइअनुसार उनीहरूलाई रिफ्रेस रहिरहनको लागि थप विकल्पहरू दिन सँधै प्रयासरत रहेको बताए । “हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरू माझ पुर्याउन निकै उत्साहित हुनुहुन्छ,” उनले भने ।
योसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध रहेको जनाएको छ ।