काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।
छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले जानकारी दिए । उमेदवार छान्न कांग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ ।
संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी पूर्वपदाधिकारीलाई समेटिने छ । कार्यसम्पादन समितिमा २८ नम्बरमा रहेका कोइरालाई २५ सदस्यीय संसदीय समितिको समेट्ने जोडबल भइरहेको छ। त्यसका लागि पूर्व पदाधिकारीलाई हटाएर अगाडि राख्नुपर्ने हुन्छ ।