राजनीति
![शशांकको प्रस्ताव– स्थानीय तहमा तालमेल नगरौँ, प्रदेश र संघीय चुनावमा सल्लाह गरौँला](https://12khari.top/uploads/posts/sasanka1613405423.jpg)
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालले स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव गरेका छन् ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा सोमबार बोलेका कोइरालाले स्थानीय निर्वाचन सकिएपछि प्रदेश र संघमा गठबन्धन गर्ने/ नगर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।
“पार्टीभित्रै एक मत हुन नसकेको अवस्थामा स्थानीय तह निर्वाचनमा तालमेलपट्टि नलागौँ,” शशांकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “स्थानीय चुनाव सकिएपछि प्रदेश र केन्द्रमा गठबन्धन गर्ने नगर्ने विषयमा सल्लाह गरौँला ।”
उनले पार्टीभित्रै असन्तुष्टि बोकेर चुनावी गठबन्धनमा गए त्यसले दुर्घटना निम्त्याउने चेतावनीसमेत दिएका थिए ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८ १७:३२
प्रतिक्रिया दिनुहोस्