site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला : नेपाल र पीएनजी भिड्दै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २–० को पराजय भोगेको नेपालले आजदेखि सुरु हुने त्रिदेशीय ट्वाटी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पुनः पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल पीएनजीसँग पहिलोपटक पराजित भएको थियो । त्यो पनि घरेलु मैदानमा लगातार दुई खेलमा पराजित भयो । पीएनजी र मलेसिया सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्दै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा हारको पीडा भुलाउने अवसर छ । 

Dabur Nepal
NIC Asia

एकदिवसीय टोलीमा रहेका सात खेलाडी मात्र ट्वान्टी–२० टिममा छन् । कप्तान सन्दीप लामिछाने, अरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी मात्र दुवै टिममा परेका छन् । 

ट्वान्टी–२० टिमका अरू खेलाडीमाअसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल खान छन् ।

नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः३० बजे खेल्नेछ । 

यसअघि, नेपालले पीएनजीविरुद्ध एकपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । सन् २०१५ मा नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा पीएनजीविरुद्ध खेलेको थियो । २०१५ जुलाई १७ मा डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।

त्यति बेला नेपाल ९३ रनमा अलआउट भएको थियो । ९४ रनको लक्ष्य पीएनजीले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेका थियो । उक्त टिमका सोमपाल कामी र करण केसी मात्र अहिलेको टिममा छन् । पीएनजीमा भने उक्त टिमका पाँच खेलाडी अहिलेको टिममा पनि छन् । 

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीले पछिल्ला खेलमा जित हासिल गर्न सकेको छैन । नेपालले भने पछिल्लो पाँचमध्ये चार खेल जितेको छ । एक खेलमा मात्र पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला आठ ट्वान्टी–२० मध्ये सात खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro